५२ जिल्लामा नेतृत्व खोज्दै सिके राउत

काठमाडौं, १४ असार । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले देशका ५२ जिल्लामा नेतृत्वको खोजी गर्दै पार्टी विस्तारको कामलाई द्रुतगतिमा अगाडि बढाउने भएको छ ।
‘हामी तपाईंको जिल्लामा नेत्तृत्व खोज्दैछौं’ भन्ने नारा सहित जनमत पार्टीले ५२ जिल्लाको नाम नै किटान गरि नेतृत्वको खोजी गरेको हो। पार्टीले नेतृत्व खोजेका जिल्लामा पहाडी र हिमाली जिल्ला छन् ।
संघीय राजधानी काठमाडौ सहित पार्टीले २५ जिल्लामा भने नेतृत्व पाइसकेको छ।’जनताको लागि त्यागको राजनीति गर्ने देशको एक मात्र वैकल्पिक शक्ति हिमाल, पहाड, तराई-मधेश जताततै विस्तार हुँदैछ’-पार्टीद्वारा जारी सूचनामा भनिएको छ-,’के तपाईं आफ्नो जिल्लामा नेत्तृत्व लिन चाहनु हुन्छ ?’
देश विकासमा जुटौं,जनमत पार्टीको नेत्तृत्व लिऔं भन्ने अभियान सहित सो पार्टीले अछाम, अर्घाखाँची, इलाम, ओखलढुंगा, काभ्रेपलाञ्चोक, कालिकोट, कास्की, खोटाङ, गुल्मी, गोरखा लगायत जिल्लामा नेतृत्वको खोजी गरेको छ।
यसैगरी जाजरकोट, डडेलधुरा, तनहुँ, धनकुटा, धादिङ, बाग्लुङ, बाजुरा, मुस्ताङ, रुकुम, रोल्पा, लमजुङ, सिन्धुपाल्चोक र सिन्धुलीमा समेत जनमत पार्टीले नेतृत्वको खोजी गरेको छ।

