विश्‍वकप छनौटमा नेपाल र नेदरल्यान्ड्स खेल्दै, जित्‍नैपर्ने दबाब

काठमाडौं, ९ असार । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको आफ्नो चौथो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । हरारेको ताकासिङ्गा स्पोर्ट्स क्लबमा दिउँसो पौने १ बजेदेखि खेल सुरु हुने छ ।

नेपालले हालसम्म खेलेका तीन खेलमा एकमा जीत निकालेको छ । नेपालले अमेरिकालाई हराउँदा जिम्बावे र वेस्ट इन्डिजसँग पराजित भएको थियो । सुपर सिक्समा जाने सम्भावना कायमै राख्‍न नेपाललाई आजको खेल जित्‍नैपर्ने दबाब छ ।

नेदरल्यान्ड्स दुई खेलमा एकमा जीत र एकमा हारसहित २ अंकमै छ । नेदरल्यान्ड्स जिम्बावेसँग पराजित हुँदा अमेरिकालाई हराउँदै सुपर सिक्सको सम्भावनामा जीवितै छ र दुई खेल खेल्न बाँकी छ ।

आजको खेलमा नेपाल पराजित भएमा जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुग्‍ने पक्का हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय