०८४ को निर्वाचनपछि पुराना दल हराउँछन् ,नयाँको सरकार बन्छ: बाबुराम

काठमाडौं, ७ असार । नेपाल समाजवादी पार्टीका  अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले २०८४ सालको आम निर्वाचन सम्म पुराना दलहरूको अस्तित्व हराउने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको अवसरमा शुभकामना दिन पुगेका पुर्व प्रधानमन्त्री भट्टराईले रास्वपा मुख्यालय ‘घण्टीघर’कै अगाडि उभिएर भने- ‘अबको निर्वाचन ०८४ पछि नयाँ दलको नेतृत्वमा सरकार बन्छ, पुरानो दल कुनैपनि सरकारको नेतृत्व गर्ने अवस्थामा हुँदैनन।’

२०७३ मा नयाँ शक्ति पार्टी गठन गरेर विकास र समृद्धि सहितको अग्रगामी शक्ति चाहिन्छ भन्दै आएका बाबुरामले पुरानो शक्तिले देश विकास गर्न नसक्ने समेत बताए ।

उनले अगाडि भने- ‘जो भए पनि अब अग्रगामी शक्तिले नेतृत्व गर्ने हो। पुरानो तरिकाले हुँदैन । अब ०८४मा नयाँहरुको सरकार बन्छ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय