इंग्ल्यान्डका पूर्वक्रिकेटर अफगानिस्तानको प्रशिक्षकमा नियुक्त

एजेन्सी, ७ साउन । इंग्ल्यान्डका पूर्वक्रिकेटर जोनाथन ट्रट अफगानिस्तानको प्रशिक्षकमा नियुक्त भएका छन् ।

आगामी महिना हुने आयरल्यान्डसँगको श्रृंखलाअघि उनले टोलीको प्रशिक्षण सम्हाल्ने छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमै उत्साहले भरिपूर्ण टोलीहरुमध्येको एक अफगानिस्तानको टोली सम्हाल्न पाउँदा गर्वको महसुस गरिरहेको ट्रटले बताएका छन् ।

अफगानिस्तानले अहिले विश्‍व क्रिकेटमा आफूलाई स्थापित गर्दै गएको छ भने पछिल्ला वर्षहरुमा टी२० र एकदिवसिइ विश्‍वकप क्रिकेट पनि खेलिरहेको छ ।

ट्रटले यसअघि इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । उनले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय