समाजवादी मोर्चाको घोषणामा गएनन् डा. भट्टराई

काठमाडौं, ४ असार । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई समाजवादी मोर्चा घोषणा कार्यक्रममा अनुपस्थित भएका छन् ।

मोर्चामा भट्टराईलाई पनि सहभागी गराउने प्रयास भएको थियो। अन्तिम समयमा आफू हेपिएको महसुस गरेका भट्टराई मोर्चामा सहभागी हुन नगएका हुन् ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध हुँदै छन् ।

उनीहरूले मोर्चा घोषणाको कार्यक्रमलाई ‘ऐतिहासिक घोषणा सभा’ भनेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...