बाबुरामले गरे हर्क साङ्पाङको प्रशंसा

काठमाडौं, ३२ जेठ । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङले आफैं श्रमदानमा सहभागी भएर नगरमा खानेपानी ल्याएको कामको पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रशंसा गरेका छन् ।
धरानका मेयरले नगरदेखी ४२ किमि टाढाबाट पानी ल्याएर धरानका जनतालाई खुवाउन सफल भएको कुरामा अहिले सबैको हाइ हाइ पाइरहेका छन् । मेयर निर्वाचित हुनु अगाडी पनि खानेपानी सहितको धरानको बिकासलाई एजेन्डा बनाएका हर्कले आफैं फिल्डमा खटेर पानी ल्याउन सफल भएका हुन् ।
हर्कको कामको प्रसंशा गर्नेहरू देश तथा बिदेशमा धेरै छन् । हर्कले खानेपानी खुवाउने एजेन्डा बोकेर हिड्दा उनलाई मुद्दा हाल्नेदेखी उनको कामको बिरोध गरेर लेख्नेहरु समेत थिए। तर,हर्कको कामले पुर्णता पाएपछि अहिले सबै उनको पक्षमा देखिएको जस्तो गर्दैछन् ।
पुर्व प्रधानमन्त्री डा.भट्टराईले भने हर्क र उनको कामलाई स्वयंसेवी र अनुकरणीय भनेका छन् । उनले परनिर्भर हुने र आफ्नो काम नगर्ने तर,बिदेशी ऋणमा रमाउनेहरुको समेत कडा आलोचना गर्दै हर्कको कामको खुलेर प्रसंशा गरेका छन् ।


