महिला एमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत ‘ए’ सँग खेल्दै

काठमाडौं, ३२ जेठ । हङकङमा जारी एसिसी महिला इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालले आज दोस्रो खेलमा भारत ‘ए’ टोलीसँग खेल्दै छ । खेल नेपाली समयअनुसार विहान पौने ११ बजेबाट सुरु हुने छ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ९ रनले पराजित भएको थियो । तुलनात्मक रुपमा भारत बलियो टोली हो । यद्यपि नेपाल अविश्‍वसनीय नतिजा निकाल्न चाहन्छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय