प्रचण्ड-बाबुराम विरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध परेको युद्ध अपराधको मुद्दामा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि रिटलाई अग्राधिकार दिने आदेशसमेत भएको छ ।

तत्कालीन माओवादीका बाल सैनिक लेनिन विष्टले युद्ध अपराधमा कारबाहीको माग गर्दै प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध रिट दर्ता गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय