कांग्रेस सभापति देउवा भोलि सिंगापुर जाने


काठमाडौं। पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर जाने भएका छन् ।

सभापति देउवा आँखा उपचारकालागि मंगलबार दिउँसो सिंगापुर जान लागेको कांग्रेस स्रोतले जनाएको छ। देउवा पत्नी आरजु राणा सहित त्यसतर्फ जान लागेका हुन् ।
देउवा आँखाको उपचारका लागि सिंगापुर जान लागेको उनको सचिवालयले पुष्टि गरेको छ। केही दिनको उपचारपछि उनी स्वदेश फर्किने र नियमित पार्टी काममा  लाग्ने उनको सचिवालयले जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय