नेपाल समाजवादी विद्यार्थी युनियनको कास्की तथा पोविवि अध्यक्ष चयन

पोखरा, २९ जेठ । नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले कास्की जिल्ला र पोखरा विश्वविद्यालयको नयाँ अध्यक्ष चयन गरेको छ ।
सोमबार बसेको प्रदेश समितिको पदाधिकारी बैठकले कास्की जिल्ला अध्यक्षमा जुनियर ईन्जिनियर अभिनास बहादुर अधिकारी र पोखरा विश्वविद्यालयको अध्यक्षमा अभिषेक झालाई सर्वसम्मत चयन गरेको हो ।
नेपाल समाजवादी विद्यार्थी युनियनले गरेका विभिन्न विधार्थी आन्दोलन र कार्यक्रमहरुमा सक्रिय रहँदै आएका उनीहरु अब भने जिल्ला र विश्वविद्यालयको नेतृत्व गर्दैछन् ।


