प्रचण्डपत्‍नी सीता नर्भिक अस्पतालमा

फाइल तस्वीर

काठमाडौं, २९ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई नर्भिक अस्पताल लगिएको छ । स्रोतका अनुसार उनलाई नियमित चेकचाँचको लागि अस्पताल लगिएको हो ।

लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित सीताको मेडिसिटी अस्पताल र सुमेरु अस्पतालमा उपचार हुने गरेकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो ।

तर, आज सीतालाई फलोअप उपचारका लागि नर्भिकमा ल्याइएको अस्पताल स्रोतले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री दाहाल पनि नर्भिक अस्पताल पुगेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...