हिलारी स्कुलद्वारा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्‍न

काठमाडौं, २२ जेठ । काठमाडौंको गौरीघाटमा रहेको हिलारी इङ्लिस स्कुलले वृक्षारोपण, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्‍न गरेको छ ।

विश्‍व वातावरण दिवसको अवसरमा काठमाडौं महानगरपालिका वडा नं ७ गौरीनगरमा रहेको स्कुलले विद्यार्थी, शिक्षक तथा अन्य व्यक्तित्वहरुको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्‍न गरेको हो ।

वातावरणसँग सम्बन्धित कार्यक्रमले स्थानीयमा सचेतना ल्याउनुका साथै बालबालिकाहरुमा पनि सरसफाइ र वातावरणको सम्बन्धमा ज्ञान हासिल हुने र व्यवहारमा लागु गर्न पनि मद्दत पुग्‍ने विद्यालयका प्रधानाध्यापक लाल कुमार राईले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थीहरुसँगै काठमाडौं‌-७ का वडाध्यक्ष विमलकुमार होडा, वडा सदस्यहरु कल्पना सुन्दास, सुरेश शाही, रुपा थापा र उज्ज्वल अर्यालको पनि उपस्थिति रहेको थियो ।

त्यसैगरी गौरिनगर सुधार समितिका अध्यक्ष सुर्यबहादुर श्रेष्ठ साथै सदस्यहरु विश्‍वम्भरदेब भट्टराई, जेनमाय श्रेष्ठ, गिता मानन्धरको पनि सहभागिता थियो भने ग्यानदिप शिक्षासदनका प्रधानाध्यापक सीता भट्टराई, सामुदायिक सेवा केन्द्रका प्रमुख विष्णु ढुङ्गाना, अध्यक्ष रमेश महर्जन र महासचिव दिपेन्द्र पुडासैनी पनि उपस्थित थिए ।

कुमारीगाल टोल सुधार समितिका अध्यक्ष रेणु गिरी र मैजुबहाल कल्याणकारी गुठीका अध्यक्ष हरिभक्त महर्जन लगायत कार्यक्रममा सहभागी व्यक्तित्वहरुले यस कार्यक्रमले सकारात्मक सन्देश दिन सफल रहेको बताए ।

कार्यक्रमअन्तर्गत स्कुल वरपरको क्षेत्रमा वृक्षारोपण गरिनुका साथै सरसफाई पनि गरिएको थियो । त्यसैगरी समाजलाई सकारात्मक सन्देश दिने किसिमले जनचेतनामूलक भनाइहरु पनि राखिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय