काँग्रेसबाट थप ३ जना मन्त्री बने, आज शपथग्रहण

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौंपटक मन्त्रीपरिषद् विस्तार गरेका छन् । नेपाली काँग्रेसबाट थप ३ जना मन्त्री बनेका हुन् ।
काँग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका हुन् ।
उनीहरुको शपथग्रहण आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
आठौंपटक विस्तार भएपनि मन्त्रीपरिषदले अझै पूर्णता पाएको छैन ।

