एमाले अध्यक्ष ओलीमाथि निरन्तर आक्रमणको प्रयास भएको एमाले उपाध्यक्ष पौडेलको आरोप

काठमाडौ,१५ बैशाख।प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधान र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास भैरहेको र त्यो आक्रमण सरकार पक्षका कार्यकर्ता बाटै भएको आरोप लगाएका छन् ।

उनले एमाले नेतृत्व र पुर्व प्रधानमन्त्री माथी आक्रमण प्रयास  हुँदा पनि सरकार मौन रहेकोमा आक्रोश समेत व्यक्त गरेका छन् उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष ओलीमाथी बुधबार झापामा र बिहीबार इलामको कार्यक्रमबाट फर्कने क्रममा पनि आक्रमण प्रयास भएको बताए । उनले शुक्रबार समेत पुर्वी पहाडी जिल्लाहरुमा जादै गर्दा अध्यक्ष ओलीसहितका नेताहरुलाई एम्बुस थापेर आक्रमणको प्रयास गरिएको भन्दै आपत्ति जनाए।
सत्तापक्षकै कार्यकर्ताहरु पनि सो आक्रमणको घटनामा सामेल भईरहेको सूचना आफ्नो पार्टीले पाएको जिकीर गर्दै पौडेलले यथार्थ जानकारी गराउन प्रधानमन्त्रीसँग माग गरे। अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारबाही गर्न पनि उनले सरकारसँग माग गरे।
सरकारले शान्ति सुरक्षाको व्यवस्था गर्न लाचारी र कायरता प्रर्दशन गरिरहेको भन्दै उपाध्यक्ष पौडलले यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिए।‘हिजो इलामको पशुपति नगरबाट फर्कने क्रममा बाटोमा एम्बुस थापेर हाम्रा पार्टीका अध्यक्षसहितका नेताहरुमाथि आक्रमण भयो’ उनले भने–‘आज पनि खुलेआम विरोध प्रर्दशन गर्दै तोडफोड गर्ने काम भईरहेको छ । यस्तो अवस्थामा हाम्रो देशमा सरकार छ कि छैन ?’
उनले गृहमन्त्रीले दिएको जवाफले नपुगेको भन्दै मिठो जवाफ भन्दा काम हुनुपर्ने बताए। प्रधानमन्त्री आफैंले आएर संसदमा जवाफ दिनुपर्ने समेत उपाध्यक्ष पौडेलको माग थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय