एमाले अध्यक्ष ओलीविरुद्ध कालोझण्डा र नाराबाजी

काठमाडौं, १३ बैशाख । पार्टीको कार्यक्रमा गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानको आन्दोलन गरिरहेका शक्तिले कालो भण्डा देखाउँदै नाराबाजी गरेका छन्।

काठमाडौंबाट भद्रपुर विमानस्थल पुग्नेवित्तिकै अध्यक्ष ओली विरुद्ध नारावाजी शुरु भएको थियो। पछी झापाकै बुधबारे जाने क्रममा ओलीलाई पहिचानवादीहरुले कालो झण्डा देखाउँदै नारावाजी गरेका थिए।

एमालेले पनि झापामा आफ्नो पार्टी अध्यक्ष ओलीविरुद्ध ढुंगामुढा, कार्यक्रम बिथोल्न खोजियो भन्दै बुधबारको संसदमा आपत्ति जनाएको थियो। एमालेका प्रमुख सचेतक पदम गिरीले संसद बैठकमा कडा आपत्ति जनाएका थिए।

पहिचानवादीहरुले ’कोशी प्रदेश खारेज गर’, ’पहिचान मेट्न पाइँदैन’, ’कोशी नाम चाहिँदैन, ’केपी ओली मुर्दावाद’ जस्ता नारा लगाएका थिए। पहिचानवादीहरुले ओलिको स्कर्टिङ टोलीमाथि ढुंगामुढा पनि गरेका थिए। तर प्रहरीले ओली सवार गाडीलाई कडा सुरक्षा दिएर एमालेको कार्यकर्ता भेटघाटस्थल बुधबारे पु¥याएको थियो।

यता उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने ओली विरुद्ध नारावाजी गर्ने ब्यक्ति पक्राउ परीसकेको बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...