कम्युनिष्ट पार्टीबीच एकताको पहल हुँदैछः प्रचण्ड

काठमाडौं, १० वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालका सबै कम्युनिष्ट पार्टीबिच एकता गरेर बलियो शक्ति बनाउने पहल भइरहेको बताएका छन्।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजवादी)ले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विचार गोष्ठीमा बोल्दै उनले अहिले पनि आफूहरूले कम्युनिष्ट पार्टीहरूबीच एकताको पहल गरिरहेको बताए ।

उनले कम्युनिष्ट पार्टीहरूबीच ध्रुवीकरणमा जोड दिँदै एमाले लगाएतका केही शक्ति अहिलेपनि कम्युनिष्ट ध्रुविकरणलाई रोक्ने अभियानमा रहेको आरोप समेत लगाए।

‘कम्युनिष्ट पार्टीको एकता वा जनवादी केन्द्रियतको सिद्धान्त, सामूहिक नेतृत्वको सिद्धान्तको विरुद्ध छन् उनीहरू एकताको पक्षमा छैनन्’ उनले भने–‘तर, हामीहरू अहिले पनि एकताकै पक्षमा छौं ।’

राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने पनि माओवादी अध्यक्ष प्रचण्डले बताए ।‘अहिले माधव कमरेड र हामीहरूसहित थुप्रै नेताहरूसँग जे छलफल भइरहेको छ । हामी भनिरहेका छौं नेकपातिरै फर्किनुपर्छ’ उनले भने–‘कम्युनिष्ट पार्टीमा नेतृत्वलाई चाबी भन्ने गरिन्छ र हो पनि । नेतृत्वले गलत विचार अगिंकार गर्याे भने ठूलो क्षति हुन्छ ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय