पहिलेभन्दा राम्राे नतिजा आउनेमा आशावादी छुः रवि लामिछाने

चितवन, १० वैशाख । प्रतिनिधिसभा सदस्यकाे उपनिर्वाचन तीन जिल्लामा जारी छ । चितवन २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेले अघिल्लो पटकको भन्दा राम्रो नतिजा आउनेमा आशावादी रहेको बताएका छन् ।
चितवनका पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले सकारात्मक प्रतिक्रिया पाइरहेकाले आशावादी रहेको बताए । उनले भने, ‘मेरो हृदयले शुभदिन भन्छ । बिहानैदेखि उत्साह देखिएको छ । जुन प्रतिक्रिया प्राप्त गरेको छु, एकदम सकारात्मक रुपले लिएको छु । त्यसैले नतिजा असाध्यै उत्साजनक हुनेछ । अघिल्लोपटकको भन्दा पनि राम्रो हुन्छ भन्ने मैले अनुमान गरेको छु ।’

