स्कटल्यान्डविरुद्ध नेपालको ऐतिहासिक जीत

फाइल तस्वीर: क्यान

काठमाडौं, २९ असार । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आइसिसी विश्‍वकप लिग २ अन्तर्गत यस श्रृंखलाको दोस्रो खेलमा शानदार जीत निकालेको छ । नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको हो ।

नेपालले स्कटल्यान्डलाई कुनैपनि हराएको यो पहिलोपटक हो । स्कटल्यान्डसँग यसअघि खेलिएका चारवटै खेलमा नेपाल पराजित भएको थियो । त्यसकारण आजको जीत ऐतिहासिक जीत बनेको छ ।

१४५ रनको विजयी लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ७१ रनको योगदान दिए । त्यसैगरी रोहितकुमार पौडेल ३४ रनमा अविजित रहे । स्कटल्यान्डका गाभिन मेनले ३ विकेट लिँदा रिची बेरिङटन र आड्रियन निलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४२.५ ओभरमा अलआउट हुँदै १४४ रन बनाएको थियो । उसका लागि गाभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । नवौं नम्बरमा ब्याटिङ गर्न आएका मेनको यो करियरकै उच्च स्कोर पनि थियो ।

९५ रनमा ९ विकेट गुमाइसकेको स्कटल्यान्डले अन्तिम विकेटमा ४९ रन बनाएको हो । सुरुवातदेखि नै निरन्तर विकेट गुमाइरहेको स्कटल्यान्डले मेनको ब्याटिङबाट सम्मानजनक स्कोर खडा गर्न सफल रह्‍यो ।

नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले ३-३ विकेट लिँदा कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

जीतपछि नेपाल लिग टु को तालिकामा १८ खेलबाट १७ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ भने स्कटल्यान्ड २२ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा यथावत् छ ।

अर्को खेल नेपालले शनिबार नामिबियासँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...