दिलबहादुर भेन्टिलेटरमा, सँगै सुतेका अर्का चालकसँग प्रहरीकाे साेधपुछ

चितवन, ४ वैशाख । घरकाे छतबाट खसेर गम्भीर घाइते बनेका रास्वपा सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाको भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।
साेमबार विहान चितवनकाे भरतपुर-११ स्थित लामिछानेकाे घरकाे तेस्राे तलाबाट खसेका उनकाे घाँटीकाे हड्डी भाँचिएकाे थियाे । माथिबाट खस्दा घाँटीकाे भाग गमलामाथि परेकाले घाँटीमा गम्भीर चाेट पुगेकाे थियाे र टाउकाे पनि बजारिएकाे थियाे ।
थापा खसेको सिसिटिभी फुटेजमा पनि देखिएकाे छ । यद्यपि यसबारेमा अनुसन्धान भइरहेकाले प्रहरीले कसरी खसेकाे भन्नेबारे यकिन जानकारी दिइसकेकाे छैन ।
थापासँगै सुतेका पार्टीका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीलाइ प्रहरीले साेधपुछ गरेकाे छ । उनले भने घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका छन् ।
घटनाबारे थप विस्तृत विवरण आउन बाँकी नै छ ।

