तीन इन्स्योरेन्स कम्पनी प्राधिकरणको कारबाहीमा

 

काठमाडौं, २ वैशाख । बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले तीन वटा जीवन बीमा कम्पनीहरुलाई कारबाही गरेको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको पालनामा ध्यान नदिएको भन्दै बीमा प्राधिकरणले युनियन लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको हो ।

बिमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलका अनुसार तीन वटै कम्पनीलाई २/२ लाख रुपैयाँका दरले जरिवाना गरिएको हो ।

‘सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको पालना नगरेका कारण कम्पनीहरुलाई नगद जरिवाना गरिएको हो,’ प्रवक्ता पौडेलले भने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय