कस्तो रहला आइतबार दिनभरको मौसम ?

काठमाडौं, २६ चैत । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • नारायण गोपाल र ‘बा.अ.म. ६४८’

    नारायण गोपालको त्यो मोटरसाइकल जसले अहिलेपनी धेरै कुरा संझाउँछ। ‘बा.अ.म. ६४८’ नम्बरको यो एउटा मोटरसाइकल अनेक स्मृति र जीवनको...