जर्सीलाई हराएसँगै अमेरिका विश्‍वकप छनौटमा प्रवेश

अली खानले लिए ७ विकेट

काठमाडौं, २२ चैत । आइसिसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा चौथो जित निकालेसँगै अमेरिकाले जिम्बाबेमा हुने विश्वकप छनौटमा स्थान बनाएको छ । मङ्गलबार जर्सीलाई हराएको अमेरिका विश्‍वकप छनौटमा पुगेको हो ।

अमेरिकाले दिएको २३१ रनको विजयी लक्ष्य पछ्याएको जर्सी ४७.४ ओभरमा २ सय ६ रनमा अल आउट भयो । जर्सीका आशा ट्राइबले सर्वाधिक ७५ रनको पारी खेलेपनि टोलीको हार टार्न सकेनन् ।

एक समय १७-५ को दयनीय अवस्थामा पुगेको जर्सीलाई ट्राइब र बेन्जामिन वार्डले साझेदारी बनाएर सम्हालेका थिए । अमेरिकाका लागि अली खानले ९२ ओभरमा ३२ रन खर्चेर ७ विकेट लिए । त्यसैगरी निसार्ग पटेलले २ तथा जेसी सि‌ंहले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ५० ओभरमा २३१ रनमा अल आउट भएको थियो । अमेरिकाका लागि आोपनर स्टिभन टेलरले सर्वाधिक ७९ रन बनाए भने गजानन्द सिंहले ४१ रन बनाए । जर्सीका बेन्जामिन वार्डले १० ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए भने इलोटन माइल्स र जुलिस सुमेराउरले समान २-२ विकेट लिए ।

हिजै भएको अर्को खेलमा नामिबियाले क्यानडालाई पराजित गरेसँगै युएईको एकदिवसीय मान्यता जोगिएको छ । अब आज हुने खेलमा युएईले जर्सीलाई हराएमा युएई पनि विश्‍वकप छनौटमा पुग्‍ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय