खादा–मालामा भुल्न हामीसँग समय छैन: प्रधानमन्त्री

काठमाडौं, २१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका सामु जटिल चुनौती रहेकोले जनताका पक्षमा परिणाममुखी काम गन मन्त्रीहरुलाई निर्देशन गरेका छन् । मन्त्रीपरिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले खादामाला भुल्ने समय नभएको बताए ।

‘राष्ट्र चौतर्फी सङ्कटमा छ। अब तदर्थ ढंगले सरकार चलाएर हामीले परिणाम दिने र जनताको विश्वास जित्ने अवस्था छैन’ उनले भने, ‘खादा-मालामा भुल्न हामीसँग समय छैन, “सम्भव छैन” भन्ने निराशावादी निष्क्रियतालाई सरकारमा कुनै ठाउँ नहोस्।’

मन्त्रीहरुले अहिले नै बधाई लिने बेला नभएको बताउँदै उनले भने, ‘बधाई अहिले म भनिहाल्दिनँ किनकि त्यसका लागि पहिले हामीले आफ्नो भूमिकामाथि न्याय गर्दै राष्ट्रले दिएको परीक्षा उत्तीर्ण गर्नु छ ।’

सत्तारुढ गठबन्धनका दलहरुबीचको वैचारिक भिन्नताको प्रभाव सरकार सञ्चालनमा पर्न हुँदैन भन्दै प्रधानमन्त्रीले न्यूनतम साझा कार्यक्रमको मार्गनर्देशनमा काम गर्नुपर्ने बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय