आरआर क्याम्पसमा चैत २६ गते स्ववियुकाे निर्वाचन हुने

काठमाडौं, १९ चैत । काठमाडाैंकाे रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा अागामी चैत २६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव गर्ने सहमति जुटेकाे छ ।

आइतबार बसेको सर्वपक्षीय बैठकमा २६ चैतमा स्ववियु निर्वाचन गर्ने सहमति जुटेको हो ।

५ चैतमा देशभर हुनुपर्ने चुनाव विद्यार्थी संगठनबीचको विवादले स्थगित भएकाे थियाे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय