स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिउँ: डा. भट्टराई

काठमाडाैं, १७ चैत । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन् ।
आज ट्वीट गर्दै भट्टराईले डा. वाग्लेको राजनीतिक विद्रोह ठिक कि बेठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने पनि बताए । तर उनको विद्रोहलाई हल्काफुल्का रुपमा पन्छाउन उचित नहुने डा. भट्टराई बताउँछन् ।
‘स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने नै छन्। तर यसलाई यत्तिकै हल्काफुल्का रुपमा पन्छाउनु उचित हुनेछैन,’ भट्टराईले लेखेका छन्, ‘देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन ।अतः वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऊॅ।’
वाग्लेले बिहीबार नेपाली कांग्रेस परित्याग गरेको औपचारिक घोषणा गरेका थिए । काँग्रेस छाडेपछि उनले अागामी उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ मा चुनाव लड्ने भएका छन् ।

