सत्तारुढ गठबन्धनको बैठकमा न्युनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत

काठमाडौं, १५ चैत । सत्तारुढ १० दलीय गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत गरिएको छ ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले उक्त मस्यौदा प्रस्तुत गरेका हुन् । सो मस्यौदा सबै दललाई वितरण गरिएको र त्यसमा दलले आन्तरिक छलफल गरेपछि थपघट गर्ने सहमति भएको छ ।

मन्त्रीपरिषद् बिस्तारको निर्णय गर्न बसेको बैठक दलहरुले आफ्नो आफ्नो दाबी नछोड्दा बिना निस्कर्ष सकियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधवार पुनः बसेर निस्कर्ष निकाल्ने बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • एक्लिए देउवा !

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दुई छुट्टाछुट्टै कार्यतालिका सार्बजनिक भएको छ। सभापति गगन थापाले असोज १६...

  • भोटेकोसी बाढी : एक हजार ४१० शव फेला

    काठमाडौं । भोटेकोसी बाढीमा परेको एक हजार ४१० जनाको शव फेला परेको छ । यस्तै, पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय...