प्रधानमन्त्री प्रचण्ड चितवन जाँदै

काठमाडौं, ११ चैत । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन जाँदै छन् । नेपाल कराते महासंघको महाधिवेशन समुद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड विहान १०ः३० बजे हेलिकप्टरमार्फत चितवन जान लागेका हुन् । चितवनको पटिहानीस्थित कभर्डहलमा हुन लागेको महाधिवेशन प्रचण्डले उद्घाटन गर्ने छन् ।

महाधिवेशनका लागि विभिन्‍न स्थानबाट सहभागीहरु चितवन जाने क्रम जारी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय