सत्तामा रवि लामिछानेको ‘कम्ब्याक’ !

फाइल तस्वीर

काठमाडाैं, ७ चैत । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सत्तारोहणको लागि तयारी गरेको छ । चितवनमा तीन दिन चलेको प्रशिक्षण र काठमाडौमा बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र उपर्युक्त समयमा सत्तामा ‘कम्ब्याक’ गर्ने निर्णय गरेको थियो ।

यहि निर्णय अनुसार रास्वपाले हिजो प्रधानमन्त्रीलाई बिश्वासको मत दिएर सत्तापक्ष भैसकेको छ। यद्यपि यो निर्णयलाई सत्तामा जानका लागि गरिएको ‘हर्कत’ होइन भन्न रास्वपाले राजनीतिक स्थिरतासंग जोडेको छ ।

राजनीतिक स्थीरता सहित रास्वपाले उठाएको एजेण्डा कार्यान्वयन गराउन प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन यथावत राखेको रास्वपा केही दिनमा २ मन्त्रालय लिएर सत्तारोहण गर्दैछ।

सो पार्टीका महामन्त्री मुकुल ढकालले प्रचण्ड सरकारको मन्त्रीपरिषद बाट बाहिर बसेपनी सरकारलाई समर्थन नै गरिरहेको सन्दर्भमा नया निर्णय नभइ पुरानै निरन्तरता हो भनेका छन् ।’हामीले समर्थन फिर्ता लिएकै थिएनौं’ उनले भने-‘केही विषयमा असहमति भएको हो तर,समर्थन छाडेर विपक्षमा पुग्ने अवस्थाको निर्णय गरेका थिएनौ। अब फेरि सरकारमा सहभागी हुन सक्छौं ।’

उता,पार्टी सभापति लामिछानेको नागरिकता बिवाद साम्य भएसङ्गै उठेको राहदानी विवादमा पनि नेपाल सरकारले मुद्दामा राहत दिने तयारी गरेपछि रास्वपा सत्तामा कम्ब्याक हुने कुरामा ढुक्क छ। बैशाख १० को उपनिर्वाचन जितेर पुनः गृहमन्त्री बन्ने प्रयासमा रहेका सभापति लामिछानेले चितवनमा माओवादी र काङ्ग्रेस समेतको समर्थन लिने तयारीमा छन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच यो खालको सहमति जुटाउन लामिछानेले प्रयास गरिरहेको स्रोतको भनाइछ। लामिछानेले एक्लै जित्ने दावी गर्दै आएको चितवन २ को उप चुनावमा माओवादी काङ्ग्रेको समेत साथ खोज्नु भनेको अर्थपूर्ण छ।
प्रधानमन्त्री प्रचण्डले रास्वपालाई फेरि गृह मन्त्रालय दिन नसक्ने उसको बुझाइ छ । यद्यपि गृहमन्त्रीमा काङ्ग्रेस,एकीकृत समाजवादी र माओवादी समेतको अडान छ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट उपप्रधान एवम् गृह मन्त्री पद गुमाएका लामिछाने पुनः सोही पदमा ‘कम्ब्याक’ हुन चाहन्छन। अदालतको माघ १३ को फैसलाबाट पद गुमाएका लामिछानेले माघ १५ मा नागरिकता नवीकरण गरेर उपचुनावको तयारी गरेका छन् । उनी आजभोलि धेरै समय चितवन मै देखिन्छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय