प्रधानमन्त्री प्रचण्डलाई ११ दलले विश्वासको मत दिने !

 

काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्रीलाई पछिल्लो सत्ता गठबन्धनका १० दल र राष्ट्रिय स्वतन्त्र पार्टी समेत ११ दलले बिश्वासको मत दिने भएका छन् । नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जसपाले विश्वासको मत दिनेबारे पार्टीमा निर्णय गरिसकेको छ ।

यसैगरी राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी पनि मत दिनेछ । पार्टी संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले समेत मत दिन सकारात्मक रहेको स्रोतले बतायो।

विश्वासको मत लिएपछि चैत १० भित्र मन्त्रीपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेको बताइएको छ। तर, प्रधानमन्त्रीले भनेजस्तो मन्त्रीपरिषद बिस्तार सहज भने छैन । यहि कारण सत्ता गठबन्धन भित्र मन्त्रालय मिलाउन सकस देखिएको एक नेताले बताए ।

सबै पार्टीले राम्रा मन्त्रालयमा आँखा लगाएको कारण प्रधानमन्त्री प्रचण्ड थप अफ्ट्यारोमा परेका हुन् । अहिले प्रधानमन्त्री आफैंले १६ मन्त्रालयको जिम्मेवारी लिएर बसेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय