मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, ४ चैत । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा हुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी राति देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

