केन्द्रमा नयाँ गठबन्धन बनेसँगै एमाले सबैतिरबाट सत्ताबाहिर हुने निश्चित

काठमाडौं, २७ फागुन । चुनावी गठबन्धनलाई ‘ब्रेक’ गर्दै पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरी केन्द्रदेखि प्रदेशसम्मको सरकारमा महत्वपूर्ण हिस्सा लिएको नेकपा एमाले तीन महिना भित्रै पुनः सत्ताबाहिर पुगेको छ ।

राष्ट्रपति निर्वाचनको विषयमा कुरा नमिल्दा केन्द्र सरकारबाट बाहिरिएको एमाले प्रदेश सरकारमा भने यथावत छ । माओवादी नेतृत्वको बागमती प्रदेश सरकार र कर्णाली प्रदेश सरकारमा एमाले माओवादीसंगै गठबन्धनमा छ । एमाले नेतृत्वको कोसी, गण्डकी र लुम्बिनी प्रदेश सरकारमा पनि माओवादी सहकार्यमै छ।

त्यसो त केन्द्र सरकार छाडेको राप्रपाले पनि माओवादी नेतृत्वको बागमती प्रदेश सरकार छाडेपनी एमाले नेतृत्वका तीन वटै सरकारमा अझै यथावत छ। राप्रपाले कोसी, गण्डकी र लुम्बिनीमा एमालेका मुख्यमन्त्रीलाई समर्थन यथावत राख्दै राजीनामा दिन लागेका मन्त्रीलाई समेत रोकेका छन् ।

तर, अब चैत ३ को उपराष्ट्रपति निर्वाचन लगत्तै केन्द्रदेखि प्रदेश सम्म नयाँ गठबन्धन अनुसार सरकार बन्ने भएपछि एमाले सबैतिरबाट सरकार बाहिर हुने निश्चित छ । एमालेले हाल कोशी,गण्डकी र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गर्दै आएको छ। माओवादीसँगको सत्ता साझेदारी टुट्ने बित्तिकै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा पुगिसेका छन्।

गण्डकी प्रदेशमा रहेका ६० सांसद मध्य ३३ जना सांसदको समर्थनमा पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीले पुस २९ गते विश्वासको मत लिँदा जम्मा ३१ सांसदको समर्थन मात्रै पाए। यहाँ सरकारलाई बहुमतको लागि ३१ नै सांसदको समर्थन चाहिन्छ । तर,अब अधिकारीसँग एमालेका २१ सांसदको मात्रै समर्थन छ।

प्रदेश सभामा कांग्रेसका २७,माओवादीका ८ र एक स्वतन्त्र(हाल एकीकृत समाजवादी प्रवेश राजिव गुरुङ) नयाँ गठबन्धनमा एक ठाउँ छन्। त्यसैगरी केन्द्रमा नेपाली कांग्रेससहित ९ दलको नयाँ सत्ता समीकरण बनेसँगै नेकपा एमालेले नेतृत्व गरेको लुम्बिनी प्रदेश सरकार पनि ढल्ने अवस्थामा पुगेको छ ।

लुम्बिनी प्रदेशमा ७ दलको समर्थनमा पुस २७ मा बनेको लिला गिरी नेतृत्वको सरकारलाई समर्थन गरेको माओवादी,जसपा,लोसपा र नागरिक उन्मुक्ति पार्टी नयाँ गठबन्धनमा संगै छन् ।

लुम्बिनीमा ८७ सदस्यीय प्रदेशसभामा ५८ सांसदको समर्थनसहित गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । लुम्बिनीमा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ ।लुम्बिनीमा एमालेका २९ जना मात्रै छन् ।

यहाँ नयाँ गठबन्धन अनुसार कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४,जसपा, जनमत र लोसपाका ३–३ र राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १र१ जना सांसद छन् ।

उता कोशी प्रदेश सरकार पनि संकटमा देखिएको छ। केन्द्रको समिकरण अनुसार प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की अल्पमतमा पर्ने कुरामा ढुक्क छन् । केन्द्र सरकारको नेतृत्व गरिरहेको माओवादी र जसपाले समर्थन नगर्ने बित्तिकै कार्की अल्पमतमा पर्ने निश्चित छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...