मौसम पुर्वानुमान: हावाहुरी र हल्का वर्षाको सम्भावना

काठमाडौं, २२ फागुन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव  रहेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली  देखी सामान्यतया सफा रहनेछ ।  कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

त्यसैगरी राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ . कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • नारायण गोपाल र ‘बा.अ.म. ६४८’

    नारायण गोपालको त्यो मोटरसाइकल जसले अहिलेपनी धेरै कुरा संझाउँछ। ‘बा.अ.म. ६४८’ नम्बरको यो एउटा मोटरसाइकल अनेक स्मृति र जीवनको...