सन्दीप र अर्जुन ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा

काठमाडौं, १७ फागुन । लेग स्पिनर सन्दीप लामिछाने र युवा ब्याटर अर्जुन साउद इंग्ल्यान्डको चर्चित फ्रेन्चाइज क्रिकेट लिग ‘द हन्ड्रेड’ को ड्राफ्टमा परेका छन् ।
प्रतियोगिताको तेस्रो संस्करणका लागि द हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दीप र अर्जुन समेटिएका हुन् ।
सन्दीप यसअघि पनि हन्ड्रेड क्रिकेटका लागि छनोट भइसकेका थिए । उनलाई ओभल इन्भिन्सिबल्सले अनुबन्ध गरेको भएपनि भिसा प्रक्रिया नमिल्दा उनले खेल्न पाएका थिएनन् ।
अर्जुन भने पहिलो पटक हन्ड्रेडको ड्राप्टमा परेका हुन् ।

