स्कटल्यान्डद्वारा नेपाललाई मध्यम लक्ष्य प्रस्तुत

काठमाडौं, ९ फागुन । आईसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेलिरहेको छ ।

काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले नेपाललाई २१३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्यान्डले ४६.१ ओभरमा अलआउट हुँदै २१२ रन बनायो ।

उसका लागि जर्ज मुन्सेले विस्फोटक सुरुवात गर्दै ५० बलमा ६० रन बनाएपनि सुरुवातअनुसारको प्रदर्शन जारी राख्‍न नसक्दा स्कटल्यान्डले त्यसपछि उल्लेख्य लय लिन सकेन । म्याथिउ क्रसले ४२ तथा ब्रान्डन माकमुलनले ३१ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए भने करण केसीले ८.१ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लको नाममा १-१ विकेट रह्‍यो ।

नेपाल अहिले केहीबेरमा जवाफी ब्याटिङमा उत्रिने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय