क्रिकेट विश्वकप लिग २ मा नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं, ९ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड खेल्दै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान ९ बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजन र कान्तिपुर सिनेप्लेक्समार्फत प्रत्यक्ष प्रसारण हुने छ ।
यसअघि भएका तीन खेलमध्ये नेपालले तीनवटै खेलमा जीत निकालेको थियो भने स्कटल्यान्डले नेपालसँगको खेलमा हार व्यहोर्दा बाँकी दुई खेल जितेको छ ।
आज हुने अन्तिम खेलमा जीत निकाल्दै नेपालले श्रृंखलामा शतप्रतिशत नतिजा निकाल्न चाहनेछ भने स्कटल्यान्डले पनि श्रृंखला एवम् लिग २ जीतका साथ अन्त्य गर्न चाहन्छ ।

