मानहानीको आरोपमा पक्राउ परे डिल्लीराम

काठमाडौं, ५ फागुन । कलाकार करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । काठमाडौंको भोटाहिटीबाट उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।
खनालले आफूलाई मानहानी गरेको भन्दै करिष्माले गत माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए ।
सोही कुरामा आपत्ति जनाउँदै करिष्माले उजुरी दिएकी थिइन् । पक्राउ परेका खनाललाई म्याद थप गरी अनुसन्धान अघि बढाइजे ब्युरोले जनाएको छ ।
कोभिड महामारीको समयमा मोटरसाइकल चढेर जाँदै गरेका डिल्लीराम खनाललाई प्रहरीले नियन्त्रणमा लिएका बेला उनको प्रतिक्रियासम्बन्धी भिडियो भाइरल बनेपछि चर्चामा आएका थिए ।

