विश्‍वकप क्रिकेट लिग २: नेपाल र स्कटल्यान्ड भिड्दै

फाइल तस्वीर: क्यान

काठमाडौं, ५ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान ९ बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजन र कान्तिपुर सिनेप्लेक्समार्फत प्रत्यक्ष प्रसारण हुने छ ।

यसअघि मङ्गलबार भएको खेलमा नेपालले नामिबियामाथि शानदार जीत निकालेको थियो । एकदिवसीय क्रिकेटमा सर्वाधिक सफल लक्ष्य पूरा गर्ने क्रममा नेपालले २८६ रनको लक्ष्य पूरा गरेको थियो ।

आज हुने खेलमा पनि जीत निकाल्दै नेपाल २ अंक बटुल्ने दाउमा हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय