नाम र चिन्ह फेर्ने प्रस्ताव माओवादीको स्थायी कमिटीबाट पारित

काठमाडौं, २७ माघ । नेकपा (माओवादी केन्द्र)को नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव पार्टीको स्थायी कमिटी बैठकबाट पारित भएको छ ।
स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिन्ह फेर्न प्रस्ताव गरेका थिए ।
माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले प्रचण्डको प्रस्ताव स्थायी कमिटीले पारित गरेको र त्यसलाई अब केन्द्रीय कमिटीमा छलफलका लागि लैजाने बताए।
‘संरचनागत विधि र पद्धति नाम र चिन्ह लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जन मनोविज्ञान, भू-राजनीतिक व्यवस्था एवं प्रतिस्पर्धालाई समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ,’ प्रचण्डले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

