कर्जा असुलीको सूचनामा व्यक्तिको फोटो छाप्‍न नपाइने

काठमाडौं, २६ माघ । अबदेखि बैंक तथा वित्तिय संस्थाहरुले ऋणीबाट कर्जा असुली गर्न सार्वजनिक सूचना जारी गर्दा व्यक्तिको फोटो प्रकाशन गर्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै कर्जा असुली वा लिलामीका लागि सार्वजनिक गरिने सूचनामा प्राकृतिक व्यक्तिको फोटो प्रकाशन गर्न नपाइने व्यवस्था गरेको हो ।

हालसम्म बैंकहरुले लामो समयसम्म ऋणको साँवाब्याज नतिरी शंकास्पद वर्गीकरण गर्दै आएका ऋणीबाट कर्जा असुली गर्न सूचना सार्वजनिक गर्दा व्यक्तिहरुको विवरण फोटोसहित पत्रपत्रिकामा सार्वजनिक गर्दै आएका थिए ।

साँवा तथा ब्याज भुक्तानी समयमै गर्न नसकेमा बैंकहरुले सार्वजनिक सूचना जारी गर्दै भुक्तानीका लागि आग्रह गर्छन् र त्यसपछि पनि भुक्तानी नभए लिलामीको सूचना जारी गर्ने व्यवस्था छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय