जाँच आयोगले भन्यो- प्रोपेलहरु फेदरमा गएपछि जहाज दुर्घटना

काठमाडौं, २४ माघ । गएको माघ १ गते पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजको ब्ल्याक बक्स विश्लेषणको काम सम्पन्न भएको छ ।

दुर्घटना जाँच आयोगका अनुसार जहाज अवतरण गर्ने क्रममा बेस लेगमा रहेका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएकोले दुर्घटना भएको देखिएको छ ।

प्रोपेलर फेदरमा जानु भनेको के हो ?

इन्जिनका प्रोपेलर (पङ्खा) हरु फेदरमा जाने अवस्था भनेको जहाज अवतरण हुने प्रक्रिया हो । यसबेला इन्जिनको पावर धेरै कम भइसकेको हुन्छ जसले गर्दा जहाज साविकको गतिमा उड्न सक्दैन ।

प्रोपेलर फेदर भएको अवस्थामा जहाजलाई अगाडि हुइँकिन आवश्यक पर्ने सामर्थ्य इन्जिनमा रहँदैन । यसले गर्दा जहाज अघि बढ्दैन र आकाशबाट भारी वस्तु खसेजस्तै तल खस्छ ।

यो जहाजमा धावनमार्गको सामुन्नेबाट बेस लेग (घुम्ने क्रममा) इन्जिनको पावर कम हुन गएको र सोहीकारण धावनमार्ग नपुग्दै जहाज दुर्घटनाग्रस्त भएको देखिएको छ ।

उक्त जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गयो भन्ने बारे भने आयोगले प्राविधिक र मानवीय दुवै पक्षबारे थप अनुसन्धान अगाडि बढाइएको आयोगले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय