‘सिधाकुरा नगरेको धेरै भएछ, आज विशेष पत्रकार सम्मेलन गर्छु’- रवि लामिछाने

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।

सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिँदै आजको सम्मेलन सिङ्गो देश र विदेशमा रहेका नागरिकले हेरुन् भन्‍ने चाहना व्यक्त गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय