हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं, २१ माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन ।

अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ भने देशका तराईका भूभागमा हुस्सु/कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाग्मती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राति लुम्बिनी प्रदेशका साथै प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी  प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...