आज कतै छैन वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २० माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन ।
अहिले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो र राति प्रदेश नं. १ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
आज कतै पनि वर्षा र हिमपातको सम्भावना नभएको जनाइएको छ ।

