बीमा प्राधिकरणले १० कम्पनीलाई गर्‍यो कारबाही

काठमाडौं, १९ माघ । नेपाल बीमा प्राधिकरणले १० वटा बीमा कम्पनीहरुलाई समयमा विवरण उपलब्ध नगराएको भन्दै कारबाही गरेको छ । ती कम्पनीले प्राधिकरणले तोकेको समयमा विवरण नबुझाएपछि कारबाही गरिएको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका २०७५ बमोजिम चौमासिक रुपमा विवरण उपलब्ध गराउनुपर्ने छ । तर ती कम्पनीले उपलब्ध नगराएको भन्दै पहिलो पटकका लागि चेतावनी दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार फेरि पनि कम्पनीहरुले यस्तै अवस्था दोहोर्याएमा बीमा पोलिसी जारी गर्न समेत रोक लगाउन सक्नेछ । स्रोतका अनुसार गुराँस लाइफ, रिलायबल लाइफ, सानिमा लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई कारबाही गरिएको छ ।

यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीलाई समेत पहिलो पटकका लागि सचेत गराएको जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय