भूकम्प आउने हल्लाले रातभर सडकमा जाग्राम…

काठमाडौं, १६ माघ । भूकम्प आउँछ भनेर भ्रामक हल्ला फैलिएपछि जुम्ला र मुगुका स्थानीय रातभर घरबाहिर जाग्राम बसेका छन् । जुम्लाको माइनस डिग्रीको चिसोमा मानिसहरु घरबाहिर निस्केर बस्न बाध्य भए । केही मानिसहरु सडकमै आगो बालेर बसेका थिए ।
स्थानीय प्रशासनलाई समेत टेलिफोन गरेर भूकम्प आउने हल्ला फैलाइएको प्रमुख जिल्ला अधिकारी मुकेश केसीले बताएका छन् । यसपछि प्रशासनको आदेशमा प्रहरीले भ्रामक सूचना फैलाउने व्यक्तिको खाजी सुरु गरेको छ ।
हल्ला फैलाउने व्यक्तिलाई कारवाही गरिने बताउँदै प्रजिअ केसीले यो हल्लाको पछि नलाग्न र सचेत भने सधैं हुन आग्रह गरेका छन् ।

