रवि लामिछाने नागरिकता लिन आज जिल्ला प्रशासन जाने

काठमाडौं, १५ माघ । सर्वोच्च अदालतबाट अनागरिक ठहर भएका पूर्वगृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।
उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ ।
प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नु भनी समन्वय गरेको छ ।
गृह प्रशासन स्रोतका अनुसार उनले केही घण्टामै नागरिकता पाउने छन् ।

