यतिको ‘ब्ल्याक-बक्स’ परीक्षणका लागि सिङ्गापुर पठाइने

काठमाडौं, ११ माघ । गएको माघ १ गते दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजको ‘ब्ल्याक बक्स’ सिङ्गापुर पठाइने भएको छ ।

ब्ल्याकबक्सभित्र रहने फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको परीक्षणका लागि सिङ्गापुर पठाइन लागेको दुर्घटना जाँच आयोगले जनाएको छ । हो ।

आयोगका अनुसार आगामी साताभित्रमा ब्ल्याक बक्स अध्ययनका लागि पठाउने गरी तयारी अघि बढाइएको छ ।

महत्त्वपूर्ण सूचना प्राप्त हुने रेकर्डरहरू नेपालमा परीक्षण गर्न नसकिने भएकाले उच्च गुणस्तरको दक्ष जनशक्ति सहितको अन्तर्राष्ट्रिय ल्याबमा परीक्षण र विश्लेषण गर्न लैजाने तयारी गरिएको आयोगको पछिल्लो विज्ञप्तिमा उल्लेख छ।

बक्समा हुने ‘फ्लाइट डाटा रेकर्डर’ले प्राविधिक पक्षको रेकर्ड राख्छ भने ककपिट भोइस रेकर्डरले दुर्घटना हुनुभन्दा २५ घण्टा अगाडिदेखिको गतिविधिको रेकर्ड राखेको हुन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय