मुग्लिङ-नारायणगढ सडक आज र भोलि बन्द नगरिने

फाइल तस्वीर

चितवन, ३० पुस । निर्माण कार्यका लागि दैनिक चार घण्टा बन्द गरिँदै आएको मुग्लिङ नारायणगढ सडक आज र भोलि बन्द नगरिने भएको छ । माघे सङ्क्रान्तिलाई लक्षित गर्दै यस्तो निर्णय गरिएको हो ।

माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय