माओवादी-समाजवादी एकता हुने

काठमाडौं, २४ पुस । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी बिच छिट्टै पार्टी एकता हुने भएको छ । एकताको लागि माओवादीले कार्यदल बनाइसकेको छ भने नेसपाले आज बनाउँदै छ ।

यसैबीच नेसपाको बैठक अहिले काठमाडौमा बसिरहेको छ । बैठकमा एकता बारे पनि छलफल भएको सहभागी एक नेताले बताए । त्यस्तै बैठकमा पार्टीको धारणा राख्दै नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् ।

भट्टराईले राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेश गर्दै भट्टराईले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नपर्ने बताएका छन् ।

उनले एकता तथा ध्रुवीकरणबारे निर्णय गर्ने अधिकार पार्टीको केन्दीय कार्यसमितिलाई दिने प्रस्ताव समेत गरेका छन् ।

हेरौं डा.भट्टराईको प्रतिबेदन :

Political-Document Baburam bhattarai

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...