राष्ट्रपतिबाट संघीय संसदको पहिलो बैठक आह्वान

काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकी छन् । पुस २५ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरिएको हो ।
सोमबार साँझ बसेको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले अधिवेशनका लागि सिफारिस गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

